दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

nepaltext

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोपमा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवैजनालाई थुनामा राख्ने आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका भट्ट र अग्रवाललाई बुधबार दोस्रो मुद्दामा पनि अदालतमा उपस्थित गराइएको थियो । उनीहरूको बयान तथा थुनछेक बहसपछि अदालतले दुवैलाई थुनामा राख्ने आदेश गरेको हो ।

 

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा भट्ट र अग्रवालविरुद्ध पनि अभियोग दायर गरिएको थियो ।

उक्त मुद्दामा पौडेललाई भने साधारण तारिखमा रिहा गर्न आदेश दिइएको छ । अदालतले पौडेललाई साधारण तारिखमा छाड्दा भट्ट र अग्रवाललाई भने थुनामा पठाउने आदेश गरेको हो।

प्रतिक्रिया