कांग्रेस दोलखामा सात महाधिबेशन प्रतिनिधि विशेष महाधिबेशनको पक्षमा

nepaltext.com

दोलखा  काँग्रेसका २६ जना महाधिवेशन प्रतिनिधिमध्ये ७ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् । उनीहरुले अहिले पार्टी यथास्थितिमा सञ्चालन हुन नसक्ने भन्दै विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन् ।

नेपाली कांग्रेस दोलखाका सचिब सन्तोष पाठकका अनुसार एकमात्रै निर्वाचन क्षेत्र रहेको दोलखामा रहेका २६ जना जनप्रतिनिधिमध्ये ७ जनाले विशेष महाधिबेशनको पक्षमा हस्ताक्षर गरेका छन् ।  सचिब पाठकले सकेसम्म मंसिर महिनाभित्रै नियमित महाधिवेशन भए राम्रो हुने र नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन गरिहाल्नुपर्ने आजको आबश्यकता रहेको हस्ताक्षरकर्ता महाधिबेशन प्रतिनिधिहरुको भनाई छ ।   त्यसरी हस्ताक्षर गर्ने नेताहरुमा कांग्रेस केन्द्रिय सदस्य समेत रहेका अजयबाबु शिवाकोटी, लामो समयदेखि दोलखा कांग्रेसमा महासमिति/महाधिबेशन प्रतिनिधि समेत रहेका युवा नेता बाबुकाजी बस्नेत, युवा नेताहरु खुबराज आचार्य (बासु),च्याङा शेर्पा, हस्त थामी , सुनिता नेपाली र चेत बहादुर विश्वकर्मा छन् ।  

पार्टी यथास्थितिमा निर्वाचनमा जाँदा पार्टीले क्षति व्यहोर्नु पर्ने विषयलाई मध्यनजर गरी विशेष अधिवेशनको माग गरिएको महाधिबेशन प्रतिनिधि सुनिता नेपालीले बताइन । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात सिङ्गो देश, राजनीतिक, सामाजिक, आर्थिक (आघात) बाट गुज्रिन पुगेको  भन्दै त्यसलाई निकास दिन काँग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको प्रतिनिधिहरुको भनाई छ ।  जेनजी आन्दोलनको उत्कर्षमा अन्तरिम सरकार गठन भएर संसद विघटन गरिएको छ अर्कोतर्फ आन्दोलनका क्रममा भएका ध्वंसात्मक गतिविधिको छानविन गर्ने र अवाञ्छित कार्य गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्ने र संविधान जोगाउनुपर्ने अहिले आवश्यकता भएकाले त्यसको मुख्य दायित्व काँग्रेसको  काँधमा आएकाले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन जरुरी रहेको प्रतिनिधिहरुको भनाई छ ।  अहिलेको अवस्थालाई मध्यनजर गरी समसामयिक परिस्थिति, नीति, विधान र संरचनात्मक परिर्वतनसहित नेतृत्व लगायतको विषयमा विशेष निर्णयको अपरिहार्यता रहेको भन्दै विशेष महाधिवेशन आह्वान गर्न हस्ताक्षरमार्फत माग गरिएको नेताहरुले बताएका छन् । 



प्रतिक्रिया