काेशीमा कांग्रेसका मन्त्रीले बुझाए राजीनामा

nepaltext

विराटनगर - सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले बुधबार राजीनामा दिएका हुन्।

कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएको जानकारी दिए।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसका मन्त्रीहरूलाई सरकारबाट बाहिरिन दबाब परेको थियो।

 

कोशी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए।

कांग्रेस सरकारबाट बाहिरिएसँगै अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा सहभागी हुने भएको छ।

प्रतिक्रिया