१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टासम्म पनि सुरु हुन सकेन

nepaltext

काठमाडौं– १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक एक घण्टा बितिसक्दा पनि पुनः सुरु हुन सकेको छैन।

प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर नीति तथा कार्यक्रमको जवाफ नदिएको भन्दै प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित गरिएको थियो।

प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे लगायतको अनुरोधपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि पनि बैठक सुरु हुन सकेको छैन।

सचिवालयका अनुसार सभामुखले अहिले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतक तथा संसदीय दलका नेताहरूसँग छलफल गरिरहेका छन्। बैठक कतिबेला पुनः सुरु हुन्छ भन्नेबारे भने औपचारिक जानकारी दिइएको छैन।

प्रतिक्रिया