काठमाडौं । पत्रकार किशोर श्रेष्ठको तत्काल रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर, भद्रकाली अगाडि धर्ना दिने भएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार धर्ना कार्यक्रम आज बिहान ९ बजे प्रहरी परिसर अगाडि आयोजना गरिनेछ।
महासंघले श्रेष्ठको रिहाइसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि ऐक्यबद्धता जनाउन पत्रकार, प्रेस स्वतन्त्रताका पक्षधर तथा नागरिक समाजका प्रतिनिधिलाई धर्नामा सहभागी हुन आह्वान गरेको छ।
२८ साउन २०८३, बिहिबार ०८:५५ मा प्रकाशित