काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि जारी बैठकमा पार्टीको १५औँ महाधिवेशन, भ्रातृ संगठन, आगामी रणनीति, समसामयिक राजनीतिलगायत विभिन्न एजेण्डमा छलफल चलिरहेको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुलृ धारणा राख्ने क्रम जारी रहेको छ । बुधबारको बैठकमा महामन्त्री गुरुराज घिमिरेसहित २८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
२८ साउन २०८३, बिहिबार १०:३६ मा प्रकाशित