काठमाडौं । राजधानीको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सोमबार यात्रुवाहक बसमा आगलागी भएको छ ।
ऋद्धिसिद्धि यातायातको उक्त बसमा आगलागी भएको हो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
बसमा लागेको आगो आसपासका बिजुलीका तारसम्म समेत पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
प्रारम्भिक विवरणअनुसार आगलागीबाट बसमा सवार यात्रु तथा चालक सुरक्षित रहेको जनाइएको छ ।
५ असोज २०८३, सोमबार १२:४३ मा प्रकाशित