डिल्लीबजारबाट पक्राउ परे शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल

nepaltext.com

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट अग्रवाललाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक अनुपम शमशेर जबराका अनुसार अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ। सोही मुद्दाका सन्दर्भमा उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराइएको उनले जानकारी दिए।

प्रहरीका अनुसार अदालतको आदेशअनुसार थप कानुनी प्रक्रिया अघि बढाइएको छ।


प्रतिक्रिया