कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

nepaltext

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा पार्टीका समसामयिक विषय तथा सांगठनिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया