काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी, फलफूल, सागसब्जी, मसला तथा माछालगायतका वस्तुको मूल्य तोकिएको हो।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ तथा भारतीय ८० रुपैयाँ तोकिएको छ। गोलभेँडा सानो लोकल ३० रुपैयाँ र टनेल ५८ रुपैयाँ प्रतिकिलो रहेको छ। यस्तै, आलु रातो लाम्चो ५१, गोलो र मुढे ५३/५३, भारतीय ३७ तथा आलु सेतो ३५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। सुकेको भारतीय प्याजको मूल्य ५८ रुपैयाँ प्रतिकिलो छ।
गाजर लोकल १२० रुपैयाँ र तराईको ८० रुपैयाँ प्रतिकिलो छ। बन्दा लोकल र तराई दुवै ४० रुपैयाँ, स्थानीय काउली १००, रातो तथा सेतो मूला ३०/३० र हाइब्रिड सेतो मूला पनि ३० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। लाम्चो भन्टा ५० र डल्लो भन्टा ६० रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरी, बोडी तने र मकै बोडी १००/१००, घिउ सिमी लोकल तथा हाइब्रिड ९०/९०, टाटे सिमी ८० र भटमास कोसा १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। तीते करेला ५०, लौका ६०, परवर लोकल तथा तराई ६०/६०, चिचिण्डो ३०, घिरौँला ४०, झिगुनी ६०, पाकेको फर्सी तथा हरियो फर्सी ६०/६०, भिन्डी ५०, पिँडालु १०० र स्कुस ६० रुपैयाँ प्रतिकिलो रहेको छ।
सागसब्जी तथा च्याउ
सागसब्जीतर्फ रायोसाग १५०, पालुङ्गो २५०, तोरीको साग १०० र हरियो प्याज २०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। कन्य च्याउ २८०, डल्ले च्याउ ४००, राजा च्याउ ३३० र सिताके च्याउको मूल्य १ हजार रुपैयाँ प्रतिकिलो तोकिएको छ।
कुरिलो ५००, ब्रोकाउली १५०, चुकन्दर ७०, सजीवन ३००, रातो बन्दा ४०, जिरीको साग ५००, सेलरी २५०, पार्सले १ हजार ५००, सौफको साग १५०, पुदिना ५००, गान्टेमूला १५०, इमली १८०, तामा १६०, तोफु १६० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
फलफूलको मूल्य
फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। नेपाली केरा दर्जनको ३०० र मालभोग केरा २०० रुपैयाँ छ। कागती २५०, अनार ४००, मालदह आँप २८०, चोसा आँप २५०, हरियो तरबुजा ६० र जुनार ३०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ छ। लोकल काँक्रो ५०, हाइब्रिड काँक्रो १२५ र लोकलक्रस काँक्रो ५० रुपैयाँ प्रतिकिलो तोकिएको छ। रुख कटहर ६०, लोकल नास्पाती ९०, चाइनिज नास्पाती २००, नेपाली मेवा ९० र भारतीय मेवा १२० रुपैयाँ प्रतिकिलो रहेको छ।
यस्तै, लप्सी ६०, अमला २८०, एभोकाडो ५००, काँचो नरिवल ८० र हरियो नरिवल १७० रुपैयाँ प्रतिकिलो तोकिएको छ। नेपाली ड्रागन फ्रुटको मूल्य ५०० रुपैयाँ प्रतिकिलो छ।
मसला तथा माछाको मूल्य
मसलाजन्य वस्तुमा अदुवा २३०, सुकेको खुर्सानी ५५०, हरियो खुर्सानी लाम्चो र बुलेट ९०/९०, माछे खुर्सानी ६० तथा अकबरे खुर्सानी ३०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। भेडे खुर्सानी ८०, हरियो लसुन १८० र हरियो धनियाँ ३०० रुपैयाँ प्रतिकिलो छ।
सुकेको चाइनिज लसुन २४०, नेपाली लसुन २०० र सुकेको छ्यापी २०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। सुकेको माछाको मूल्य १ हजार रुपैयाँ प्रतिकिलो छ भने ताजा रहु माछा ३७० तथा बचुवा र छडी माछा ३३०/३३० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।