सुनको भाउ सामान्य घट्दा चाँदीको मूल्यले छोयो नयाँ उचाइ

nepaltext.com


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।

यता, चाँदीको मूल्य भने आज ऐतिहासिक उचाइमा पुगेको छ। आज चाँदी प्रतितोला १ सय रुपैयाँले बढ्दै ४१ सय ५ रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया