८१औँ राष्ट्रसंघीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

nepaltext

काठमाडौं - संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।

मन्त्री खनाल आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुनुका साथै उनले न्युयोर्कमा आयोजना हुने विभिन्न मन्त्रीस्तरीय बैठक तथा साइड इभेन्टहरूमा नेपालको प्रतिनिधित्व गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा मन्त्री खनालले विभिन्न मित्रराष्ट्रका प्रतिनिधि तथा उच्चस्तरीय अधिकारीहरूसँग साइडलाइन भेटवार्ता गर्नेछन्। ती अन्तर्राष्ट्रिय मञ्चहरूमा उनले नेपालको राष्ट्रिय हित र सरोकारका विषयमा नेपालको धारणा प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया