कपिलवस्तुका पूर्वमेयर सिंहको जंगलमा शव भेटियो

nepaltext

काठमाडौँ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा काँग्रेस नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत भेटिएका छन् । उनको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको हो  । 

उनी शुक्रबारदेखि तिलौराकोट सामुदायिक जंगलमा हराइरहेका थिए । हाल प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया