विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

nepaltext

काठमाडौं । विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी जनजाति समुदायको सहभागितामा सांस्कृतिक र्‍याली आयोजना गरिएको छ।

भृकुटीमण्डपबाट सुरु भएको र्‍यालीमा विभिन्न समुदायका मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्य प्रस्तुत गरिएको थियो। र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै खुलामञ्च पुगेपछि मूल समारोहमा परिणत भएको थियो।

र्‍यालीमा नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत विभिन्न आदिवासी जनजाति समुदायको सहभागिता थियो। सहभागीहरूले आ–आफ्नो मौलिक संस्कृति, परम्परा, भेषभूषा र पहिचान झल्काउने झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए।

 

प्रतिक्रिया