काठमाडौं l नेपाली काङ्ग्रेस विगु–काठमाडौं सम्पर्क समितिले संगठन विस्तारलाई तीव्रता दिँदै विगु गाउँपालिकाका ८ वटै वडामा वडा सभापति चयन गरेको छ। काठमाडौंमा रहेका विगु गाउँपालिकावासी कांग्रेस कार्यकर्ताहरूलाई संगठित गर्दै पार्टी गतिविधिलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित वडा सभापतिहरू सर्वसम्मत रूपमा चयन गरिएको समितिले जनाएको छ।
सम्पर्क समितिका अनुसार यस पहलले संगठनलाई थप मजबुत बनाउने, पार्टीको नीति तथा कार्यक्रमलाई जरोदेखि जनस्तरसम्म पुर्याउने तथा विगु–काठमाडौं बीचको राजनीतिक र सांगठनिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।
नवनिर्वाचित वडा सभापतिहरूमा
वडा नं. १ बाट प्रेम दियाली,
वडा नं. २ बाट चटक तामाङ,
वडा नं. ३ बाट क्षेईकु लामा,
वडा नं. ४ बाट सहदेब खड्का,
वडा नं. ५ बाट जगदीश खड्का,
वडा नं. ६ बाट महल थामी,
वडा नं. ७ बाट छिरि शेर्पा र
वडा नं. ८ बाट नारायण बुढाथोकी चयन भएका छन्।
सम्पर्क समितिले नवनिर्वाचित सम्पूर्ण वडा सभापतिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीको विधान, नीति र अनुशासनभित्र रहेर संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने पूर्ण विश्वास व्यक्त गरेको छ।
नेपाली काङ्ग्रेस विगु–काठमाडौं सम्पर्क समितिले आगामी दिनमा प्रशिक्षण, संगठन विस्तार, समन्वय र राजनीतिक गतिविधिलाई अझ व्यवस्थित ढंगले अघि बढाउने तयारीसमेत गरेको जनाएको छ।