एमाले महाधिवेशन: अध्यक्षमा ओली, महासचिवमा पोखरेलको बलियो स्थिति

nepaltext.com

काठमाण्डू, ३ पुस । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै रहेको छ। सुरुदेखि नै अग्रता लिँदै आएका उनीहरू अहिले पनि प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्।

निर्वाचन आयोगका अनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ८४३ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत हासिल गरेका छन्। बाँकी मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया