काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो कारोबार दिन सोमबार झिनो गिरावट आएको छ। आज नेप्से परिसूचक १.२० अङ्कले घटेर २६८४.३३ विन्दुमा कायम भएको छ। बजार दिनभर उतारचढावपूर्ण रहँदै अन्ततः रातो रङमा बन्द भएको हो।
आज कुल ३४९ कम्पनीका १ करोड १४ लाख कित्ता सेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएकामध्ये आज १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ। बाँकी ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। समूहगत आधारमा भने आज कुनै पनि परिसूचकमा ठुलो उतारचढाव देखिएन।
आजको कारोबारमा इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिसेयर १५०५.६० रुपैयाँ पुगेको छ। अर्कातर्फ, आज रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य सर्वाधिक ७.४० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स नै अग्रस्थानमा रहेको छ। यस कम्पनीको २७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, दोस्रोमा १९ करोड ४९ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १७ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ।