रहदानी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

nepaltext.com

काठमाडौं । राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई सोमबार काठमाडौंको कागेश्वरी मनहरा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमसमशेर जबराका अनुसार नेपालबाट शरणार्थीहरूलाई तेस्रो मुलुक जान अनुमति दिने कार्यमा सहसचिव भट्टराईको प्रत्यक्ष संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो।

प्रतिक्रिया