सिन्धुली । सुनकोशी नदीमा एउटा कार खसेको छ। सोमबार बिहान फिक्कल गाउँपालिका-२ नवलपुर भन्ने ठाउँमा विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा कार नियन्त्रण गुमाएर नदीमा खसेको हो।
दुर्घटनाग्रस्त कारभित्र कति यात्रुहरू सवार थिए भन्नेबारे अझै यकिन हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले घटनाको जानकारी पाउनेबित्तिकै घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताएका छन्। घटनाबारे जानकारी दिँदै डिएसपी श्रेष्ठले भने, 'कार खसेकोबारे विस्तृत विवरण आइसकेको छैन। प्रहरीको टोली भर्खर घटनास्थलमा पुगेको छ।'
१८ साउन २०८३, सोमबार ०१:०८ मा प्रकाशित