टुकुचा खोला पिउनयोग्य बनाउने लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र निर्माण तीव्र

nepaltext.com

काठमाडौं । टुकुचा खोलालाई पिउनयोग्य बनाउने लक्ष्यसहित प्रदूषित पानी स्रोतको सफाइका लागि फोहर पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ । शहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन सुधार आयोजना अन्तर्गत अतिरिक्त वित्तीय सहयोगमा यो परियोजना सञ्चालनमा ल्याइएको हो ।

एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो आयोजना ८ जुन २०२२ मा सुरु भएको हो भने ५ जुन २०२५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना सम्पन्नपछि पाँच वर्षसम्म सञ्चालन तथा सेवा व्यवस्थापन पनि गरिनेछ ।

यस आयोजनाको निर्माण ठेक्का Passavant–Kalika–SNET–JV ले लिएको छ भने परामर्शदाताका रूपमा EPTISA SERVICIOUS DE INGENIERIA S.L सहितको संयुक्त टोली संलग्न छ ।

केही दिनअघि शहरी विकास मन्त्री कुलमान घिसिङले टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्रको आयोजनास्थल निरीक्षण गर्दै निर्माण कार्यको प्रगति अवस्थाबारे जानकारी लिएका थिए । मन्त्री घिसिङले समयमै आयोजना सम्पन्न गर्न निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया