काठमाडौँ — कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनका लागि पुस २६ देखि २८ गतेको कार्यतालिका प्रस्ताव गरेका छन्। आज पार्टी मुख्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले नियमित महाधिवेशन सञ्चालनका सबै तयारी प्रस्तुत गरेका हुन्। बैठकमा खड्काले क्रियाशील सदस्यता वितरण, सदस्यता नवीकरण र छानबिन प्रक्रियादेखि वडा, पालिका, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनसम्मको विस्तृत तालिका केन्द्रीय समितिमा राखेका छन्।
उनको प्रस्तुतीकरणपछि सदस्यहरूले प्रस्तावित कार्यतालिकालाई समीक्षा गर्ने र आवश्यक परिमार्जनका लागि छलफल गर्ने कार्यक्रम रहेको छ। यसरी महाधिवेशनको समय–तालिका टुंगो लगाएर पार्टी भित्रका विभिन्न तहमा निर्वाचन प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।
१६ मङ्सिर २०८२, सोमबार ०४:०१ मा प्रकाशित