रसुवामा सेनाको ब्यारेकमा विस्फोटक पदार्थ पड्किँदा ५ जना घाइते, उद्धारका लागि हेलिकप्टर परिचालन

nepaltext
 

रसुवा ।रसुवाको आमाछोदिङमो गाउँपालिका-४ मानसिङस्थित नेपाली सेनाको श्रीनाथ गणमा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा अचानक विस्फोट भएको छ।

​यस घटनामा ५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशोक थापाले जानकारी दिएका छन्। प्रहरीको टोली पनि घटनास्थलतर्फ परिचालन भइसकेको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया