सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

nepaltext

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर रु तीन लाख एक हजार ५०० कायम भएको छ । हिजो आइतबार एक तोला सुन रु तीन लाख लाख एक हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु चार हजार ६७० पुगेको छ । हिजो एक तोला चाँदी रु चार हजार ६४५ मा किनबेच भएको थियो ।

प्रतिक्रिया