विशेष महाधिवेशनमा सीताराम केसीको नेतृत्वमा निर्वाचन समिति गठन

nepaltext.com

काठमाडौंमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका दुई छुट्टाछुट्टै प्रस्तावमाथि छलफल चलिरहेका बेला केसीको नेतृत्वमा समिति गठन गरिएको हो । समितिमा अध्यक्ष केसीसँगै वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् भन्ने जानकारी कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले दिएकी छन् । नवनियुक्त संयोजक सीताराम केसीले अब तत्काल निर्वाचन प्रक्रिया अघि बढाइने स्पष्ट पार्दै यसलाई महाधिवेशनको निर्णायक चरणतर्फको औपचारिक सुरुआतका रूपमा लिएका छन् । यसअघि निर्वाचन समितिको संयोजकको जिम्मेवारी खम्ब खातीले सम्हालिरहेका थिए ।

प्रतिक्रिया