बरालले विशेष महाधिवेशनले नयाँ प्रस्ताव लिएर आएको बताउँदै मुल्य, चेतना र उत्पादन,नेपाली कांग्रेसको रुपान्तरणको प्रस्ताव गरेका छन् । उनले चेतना पहिलो आधार भएको भन्दै विगतमा कांग्रेसको राजनीतलिाई पुनः परिभाषित गर्न आवश्यक रहेको बताए । यस्तै लोकतन्त्र सत्ता प्राप्तिको खेल नभइ आफ्नै सिद्धान्त र मुल्यमा उभिउर राजनीति अगाडि बढाउनुपर्ने बताए । उनले नागरिकलाई जानकारी, सहभागी र निगरानी गराउनुपर्ने जरूरी रहेको बताए । पार्टीभित्र लोकतन्त्र कमजोर भएमा देशलाई लोकतन्त्र दिन नसक्ने भन्दै डिजिटल मापदण्डबाट छनोट हुनुपर्ने भन्दै यसले नै आन्तरिक लोकतन्त्र बलियो बनाउने बताए । अब कांग्रेसलाई आधुनिक, समावेशी र लोकतान्त्रिक बनाउनु जरूरी रहेको बताए । उनले नेतृत्व र नेताले भाषण र नाराबाट निकालेर उत्पादन र रुपान्तरणमा लाग्नुपर्ने बताए ।
२९ पुस २०८२, मङ्गलबार ०१:१४ मा प्रकाशित