कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य, अब विकल्प छैन: पक्षधर समूह

nepaltext.com

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पार्टी अब विशेष महाधिवेशनतर्फ जानु बाहेक अर्को कुनै विकल्प नरहेको स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौँको अनामनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले पार्टीभित्र देखिएको अन्योल, आन्तरिक विवाद र सांगठनिक गतिरोधको समाधान विशेष महाधिवेशनबाट मात्र सम्भव हुने दाबी गरे ।

उनीहरूका अनुसार वर्तमान अवस्थामा पार्टीलाई विधिसम्मत र लोकतान्त्रिक बाटोमा अघि बढाउन विशेष महाधिवेशन अपरिहार्य भइसकेको छ र यसलाई टार्ने कुनै विकल्प अब बाँकी नरहेको निष्कर्षमा आफूहरू पुगेका छन् ।

प्रतिक्रिया