काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला ३ हजार १०० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा पुगेको छ। सुनसँगै चाँदीको मूल्यमा पनि उकालो लागेको छ। सोमबार प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको व्यवसायीहरू बताउँछन्।
२२ पुस २०८२, मङ्गलबार ११:५७ मा प्रकाशित