विद्युतीय चुरोट (भेप)सहित एक जना पक्राउ

nepaltext

काठमाडौँ । अवैध विद्युतीय चुरोट (भेप) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३१ वर्षीय नवीन खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नवीनले काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीस्थित आरबि कम्प्लेक्सको भवनमा भेप बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ । साथै प्रहरीले सोही कम्प्लेक्सको भवनमा भण्डारण गरी राखेको २९ हजार १ सय ४० थान भेप समेत बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

प्रतिक्रिया