लेखा समितिमा आइजीलाई आरोप, कानुन समितिमा गृहमन्त्रीको सफाई

nepaltext

काठमाडौं - गृहमन्त्री सुधन गुरुङले आफ्नो अनुपस्थितिमा गृह सचिव र प्रहरी प्रमुखप्रति लेखा समितिमा गरिएको व्यवहार तथा प्रस्तुतिप्रति गम्भीर आपत्ति जनाएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून समिति बैठकमा मन्त्री गुरुङले उजुरी वा आरोप लाग्दैमा कसैलाई दोषी करार गर्दै चरित्रहत्या गर्न नमिल्ने बताएका हुन्। न्यायिक तथा कानुनी प्रक्रिया पूरा नगरी समितिमा यस्तो व्यवहार गरिनु अनुचित भएको उनको भनाइ छ।

उजुरीकै आधारमा कोही पनि न्यायाधीश बन्न नमिल्ने उल्लेख गर्दै उनले आरोपमात्रका आधारमा व्यक्तिको प्रतिष्ठामाथि प्रश्न उठाउन नहुने बताए। वर्तमान सरकारको स्पिरिटअनुसार प्रहरी प्रशासन दिनरात खटिरहेको पनि उनले दाबी गरे।

 

मन्त्री गुरुङले कारागारभित्र ‘नाइके, भाइनाइके र चौकीदार’ नियुक्तिमा देखिएको विकृति तथा जेललाई कमाउने माध्यम बनाउने प्रवृत्तिका कारण तत्कालका लागि यस्तो नियुक्ति प्रक्रिया रोकिएको जानकारी दिए।

उनका अनुसार अबदेखि चौकीदार नियुक्तिका लागि पारदर्शी र स्पष्ट मापदण्ड लागू गरिनेछ। त्यसका लागि आफूले आवश्यक निर्देशनसमेत दिइसकेको उनले बताए।

प्रतिक्रिया