जाजरकोटमा बाढीले चार घर र एउटा झोलुङ्‍गे पुल बगायो

nepaltext

काठमाडौं । जाजरकोटमा अविरल वर्षापछि आएको बाढीले चार वटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ।

प्रहरीका अनुसार नलगाड नगरपालिका–११ चौखास्थित ताक्सुगाड खोलामा आएको बाढीले चार घर र एक झोलुङ्गे पुलमा क्षति पुर्‍याएको हो। बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

ठूलो बाढीका कारण भेरी करिडोर सडकखण्डसमेत जोखिममा परेको छ। निरन्तर वर्षा भइरहेकाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने स्थानीयले बताएका छन्।

प्रतिक्रिया