रुकुम पश्चिमबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले उम्मेदवारी दर्ता गराएका छन् । ६ माघका दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । शर्मा यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भई २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका अनुभवी नेता हुन् । यसपटक भने उनले नयाँ राजनीतिक दल गठन गरेर फेरि जनताको माझ मत माग्न चुनावी मैदानमा उत्रिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनको पुनरागमनलाई रुकुम पश्चिमको राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ ।
७ माघ २०८२, मङ्गलबार ०४:४८ मा प्रकाशित