रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवलको आदेश

nepaltext.com

काठमाडौं । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश भएको हो। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार यसै मुद्दामा अभियुक्त छबिलाल बन्जाडेको हकमा भने रिहाइको आदेश जारी गरिएको छैन।

प्रतिक्रिया