सर्वपक्षीय बैठकपछि फागुन २१ को निर्वाचन सुनिश्चित भएको छ: सञ्चारमन्त्री खरेल

nepaltext.com

पोखरामा आयोजित सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको संयुक्त अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दल, जेन–जी समूहसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक वातावरण तयार भइसकेको बताएका छन्। सरकारको स्पष्ट प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक दलहरूको सक्रियताका कारण तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले सरकारले जिम्मेवारीका साथ अघि बढिरहेको र त्यसमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे। प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल बनिसकेको भन्दै मन्त्री खरेलले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन सबै सरोकारवालालाई सहकार्य गर्न आग्रह गरे।

साथै, जनतालाई सुसूचित गर्ने महत्त्वपूर्ण जिम्मेवारी बोकेको आमसञ्चार क्षेत्रमाथि प्रश्न उठिरहेको सन्दर्भ उल्लेख गर्दै उनले सञ्चारकर्मीहरूलाई सकारात्मक सोचका साथ अझ निष्पक्ष, सिर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ठ समाचार सामग्री सम्प्रेषण गर्न विशेष अनुरोध गरे।

प्रतिक्रिया