राष्ट्रिय दिवसको अवसरमा कतारमा १३ नेपालीलाई आममाफी

nepaltext.com

१८ पुस, काठमाडौं । कतार सरकारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कतार सरकारप्रति धन्यवाद व्यक्त गर्दै राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीका अवसरमा १३ जना नेपाली कैदीलाई आममाफी प्रदान गरिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीका लागि नेपाल सरकारले कतार सरकारप्रति आभार प्रकट गरेको छ र यस कदमलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिका रूपमा लिइएको छ ।

मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिएको स्मरण गराउँदै मन्त्रालयले हाल कतारमा करिब पाँच लाख नेपाली कार्यरत रहेको जनाएको छ । गत वर्ष मात्रै एक लाख ४० हजार ७ सय ९२ जना नेपाली वैदेशिक रोजगारीका लागि कतार गएको तथ्यांक पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया