काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।
केन्द्रीय सदस्य तारमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
समितिका सचिव दिनेश थापामगरका अनुसार बैठकमा छलफल हुने एजेन्डाबारे भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
अनुशासन समितिमा केन्द्रीय सदस्य धन खतिवडा र सुवासकुमार पोखरेल सदस्य छन् । पछिल्ला केही बैठकमा सदस्य पोखरेल अनुपस्थित हुँदै आएका छन् ।
५ भदौ २०८३, शुक्रबार ११:२१ मा प्रकाशित