फेरि बढ्यो सुनचाँदीको मूल्य,आज कतिमा हुँदैछ कारोबार ?

nepaltext

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको छ।

मूल्यवृद्धिसँगै शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य ९ हजार ३०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको थियो।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँले घटेर ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको थियो। मंगलबार भने सुनको मूल्य स्थिर रहँदै प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको थियो भने आइतबार ३ हजार ६०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदी पनि महँगियो

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको थियो।

बुधबार चाँदीको मूल्य प्रतितोला १६० रुपैयाँले घटेर ४ हजार ५९५ रुपैयाँमा झरेको थियो। मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ७५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ६० रुपैयाँले बढेर ४ हजार ७७० रुपैयाँ पुगेको थियो। आइतबार भने चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७१० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया