काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य उपचारका लागि जेलबाट एक निजी अस्पतालमा लगिएको छ।
बिहीबार मध्यरातमा उनलाई आदियाला जेलबाट इस्लामाबादस्थित शिफा अन्तर्राष्ट्रिय अस्पतालमा सारिएको उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले जनाएको छ। सर्वोच्च अदालतले स्वास्थ्य परीक्षणका लागि खानलाई अस्पताल लैजान दिएको आदेशको केही दिनपछि यो कदम चालिएको हो। अदालतले खानको स्वास्थ्य अवस्था बुझ्न विशेषज्ञ चिकित्सक र उनका व्यक्तिगत चिकित्सक फैसल सुल्तान सम्मिलित मेडिकल बोर्ड गठन गर्नसमेत निर्देशन दिएको थियो।
५ भदौ २०८३, शुक्रबार ०९:५७ मा प्रकाशित