काठमाण्डू, २९ मंसिर । भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाण्डूको भृकुटीमण्डपमा सञ्चालन भइरहेको बन्दसत्रमा उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेका बेला पोखरेलले केहीबेरअघि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार महाधिवेशनअन्तर्गतको मतदान भोलि हुने तय भएको छ । अध्यक्ष पदमा पोखरेलसँगै वर्तमान अध्यक्ष केपी शर्मा ओली पनि प्रतिस्पर्धामा छन् । दुवै नेताहरू आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्, जसका कारण अध्यक्ष पदको प्रतिस्पर्धा थप रोचक बनेको छ ।
३० मङ्सिर २०८२, सोमबार ०३:२९ मा प्रकाशित