सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर वितरण गरेपश्चात सतप्रतिशत हकप्रद शेयर दिने भएको छ । सभाले कम्पनीको हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने मुख्य प्रस्ताव सोमबार सम्पन्न कम्पनिको १६ औं साधारणसभाबाट पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर पनि अनुमोदन गरेको छ ।
बोनस शेयर वितरणपछि हाल कायम चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।
सभाले गत आर्थिक वर्ष वार्षिक तथा लेखापरीक्षकको वित्तीय विवरण स्वीकृत गरेको छ। सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पनि अनुमोदन गरेको कम्पनिका प्रबन्ध सञ्चालक सुदिप खड्काले जानकारी दिएका छन् ।
सोमबार काठमांडौको धुम्बाराहीस्थित धुम्रबराहा भेन्युमा सम्पन्न साधारणसभाले दक्षिण एसियाकै हाई हेर्ड प्रोजेक्ट ९९ मेगावाटको लान्द्रुक मोदि जलविद्युत आयोजना र मनाङको नारखोला जलविद्युत आयोजनामा सिंगटी हाइड्रोले ५१ प्रतिशत लगानी गरेको छ । यो सँगै सिंगटीको हालसम्म साना ठुला गरि ५ वटा आयोजनामा ५१ प्रतिशत लगानी भएको कम्पनिले जनाएको छ ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडका अध्यक्ष सुदिप राज गौतमको अध्यक्षतामा सम्पन्न साधारणसभामा कम्पनीको वार्षिक प्रगति प्रतिबेदन , आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा इप्पान नेपालका अध्यक्ष गणेश कार्की ,कम्पनीका प्रबन्ध सञ्चालक सुदिप खड्का लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।