नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेश प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ । मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले पार्टीले उक्त कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय गरेको हो । उनले भने अनुसार निर्वाचनसम्बन्धी कानुनी प्रावधान र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै आयोगको निर्णयलाई पूर्ण रूपमा स्वीकार गरिएको छ । परिस्थितिअनुसार कार्यक्रमको नयाँ मिति र संशोधित कार्यतालिका पछि सार्वजनिक गरिने पनि उनले जानकारी दिए । पार्टीले कानुनी सीमाभित्र रहेर जिम्मेवार ढंगले राजनीतिक गतिविधि अघि बढाउने प्रतिबद्धता पुनः दोहोर्याएको छ ।
१२ माघ २०८२, आईतबार ११:३१ मा प्रकाशित