कांग्रेसमा विशेष महाधिवेशन माग, स्मरणपत्र बुझाउने तयारी

nepaltext.com

काठमाडौँ l नेपाली कांग्रेसमा निर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि विशेष महाधिवेशन पक्षधरहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरणपत्र बुझाउने तयारी थालेका छन्। नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशनको विकल्प नभएको भन्दै हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरेले स्मरणपत्र बुझाउने जानकारी दिएका छन्। उनले भने, २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै २४८८ प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापतिलाई बुझाइएको थियो, तर पार्टी केन्द्रीय समितिको बैठकमा यस प्रस्तावलाई छलफलको एजेन्डामा राखिएको थिएन। घिमिरेको भनाइअनुसार, ‘हामीसँगको अनौपचारिक भेटमा विधानअनुसार प्रक्रियामा लाने भन्नुभएको थियो, तर त्यसो गरिएन। विशेष महाधिवेशन मागकर्तालाई औपचारिक संवादमा समेत बोलाइएन।’ विधान अनुसार माग गरिएको व्यवस्था कार्यान्वयन नगर्ने प्रवृत्तिप्रति घिमिरेले असन्तुष्टि व्यक्त गर्दै केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान नगरेमा मागकर्ताले नै आह्वान गर्ने दाबी गरेका छन्। विशेष महाधिवेशन आह्वानको अन्तिम समय यही महिनाको २८ गतेसम्म तोकिएको छ।

प्रतिक्रिया