शिक्षामन्त्री पद त्यागेपछि महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

nepaltext.com

काठमाडौं । शिक्षामन्त्रीको पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो राजनीतिक यात्रा औपचारिक रूपमा अगाडि बढाएका छन् । उनले जिल्ला निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराइसकेको बुझिएको छ भने म्याग्दीमै रहँदै प्रधानमन्त्रीसमक्ष राजीनामा पठाएको स्रोतले जनाएको छ । स्वतन्त्र उम्मेदवारी दर्तासँगै म्याग्दीको स्थानीय राजनीतिमा नयाँ तरंग देखिएको छ । यसै क्रममा नेकपा एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष माइलन पुर्जाले पुनप्रति खुला समर्थन जनाएका छन् । पुर्जाले यसअघि पनि म्याग्दीमा एमालेले युवा नेता प्रकाश पौडेललाई उम्मेदवार बनाउनु उपयुक्त हुने धारणा राख्दै आएका थिए, तर अहिले स्वतन्त्र रूपमा मैदानमा उत्रिएका महावीर पुनलाई समर्थन गर्ने घोषणा गरेपछि जिल्लाको चुनावी समीकरण थप रोचक बन्दै गएको छ ।

प्रतिक्रिया