काठमाडौँ । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको २०८२ साल चैत २४ गते बसेको निर्णयअनुसार साउन १ गते शुक्रबार कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिइने भएको हो।
साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था तथा अन्य निकायहरूमा बिदा लागू हुने जनाइएको छ।
३२ असार २०८३, बिहिबार ०१:२० मा प्रकाशित