सनातन हिन्दुराष्ट्र माग गर्दै काठमाडौंमा ‘साउन पैदल यात्रा’

nepaltext

काठमाडौं– नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने मागसहित काठमाडौंमा ‘साउन पैदल यात्रा’ आयोजना गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा श्रावण महिनाको अन्तिम सोमबार धार्मिक पैदल यात्रा गरिएको हो।

मैतिदेवी मन्दिरबाट सुरु भएको यात्रा पशुपतिनाथ मन्दिरमा पुगेर सम्पन्न भएको थियो। यात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।

 

पैदल यात्राका क्रममा सहभागीहरूले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने तथा नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने मागसहित विभिन्न नारा लगाएका थिए।

संगठनका अनुसार धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण, सनातन परम्पराको प्रवर्द्धन र हिन्दुराष्ट्र पुनःस्थापनाको मागलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले ‘साउन पैदल यात्रा’ आयोजना गरिएको हो।

प्रतिक्रिया