काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता सुरु भएको छ । कुपण्डोलस्थित कुमार बेनको निवासमा उनीहरूबीच छलफल भइरहेको हो । यसअघि मंगलबार राति रवि र बालेनबीच करिब ६ घण्टा लामो वार्ता भएको थियो र त्यसैको निरन्तरताका रूपमा आज पुनः भेटवार्ता भएको जनाइएको छ ।
आजको छलफल आगामी निर्वाचनका लागि सम्भावित सहकार्यका विषयमा केन्द्रित रहने बताइएको छ । भेटवार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह र बालेनका सहयोगी कुमार बेन पनि सहभागी रहेका छन् । दुवै पक्षबीच राजनीतिक सहकार्यको सम्भावनाबारे गम्भीर छलफल भइरहेको स्रोतले जनाएको छ ।
१० पुस २०८२, बिहिबार ०१:१६ मा प्रकाशित