काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । आज बसेको पार्टी केन्द्रीय समिति बैठकले थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको जानकारी उपसभापति विश्वप्रकाश शर्माले दिएका हुन् । उनका अनुसार जेन–जी आन्दोलनबाट उठेका परिवर्तनका आवाज, नयाँ पुस्ताको अपेक्षा र मुलुकको बदलिँदो राजनीतिक आवश्यकता सम्बोधन गर्न योग्यता, क्षमता र स्पष्ट भिजनका आधारमा सभापति थापालाई नेतृत्वका लागि अघि बढाइएको हो ।
शर्माले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार अन्य दलहरूले अघि सारेकाभन्दा बढी सक्षम र योग्य रहेको दाबी गर्दै पार्टीले देशलाई नयाँ दिशामा लैजान सक्ने नेतृत्वका रूपमा गगन थापालाई प्रस्तुत गरेको बताए ।
१० माघ २०८२, शुक्रबार ०४:०७ मा प्रकाशित