काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा नेतृत्व चयनलाई लिएर माहोल तातिएको छ । महामन्त्री गगन थापालाई पार्टीको सभापति बनाउनुपर्ने मागसहित मधेस प्रदेशका प्रतिनिधिहरूले नाराबाजी गर्दै दबाब बढाएका छन् । संस्थापन पक्षसँग भएको वार्तामा सहमति जुट्न नसकेपछि विशेष महाधिवेशन पक्षधरहरू नयाँ नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नुपर्ने अडानमा उत्रिएका हुन् । बन्दसत्रभित्र उठेको नाराबाजीले पार्टीभित्रको शक्ति सन्तुलन र भावी नेतृत्वको विषय अब निर्णायक मोडमा पुगेको संकेत गरेको छ, जहाँ सहमतिभन्दा पनि प्रत्यक्ष निर्वाचन वा खुला प्रतिस्पर्धाबाट नेतृत्व टुंग्याउने दबाब क्रमशः तीव्र बन्दै गएको देखिन्छ ।
२९ पुस २०८२, मङ्गलबार ०१:०९ मा प्रकाशित