प्रतिनिधिसभा चुनावका लागि दाङ–२ बाट शंकर पोखरेल एकल सिफारिस

nepaltext.com

दाङ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले दाङ–२ निर्वाचन क्षेत्रबाट पार्टी महासचिव शंकर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ। आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले पोखरेललाई उम्मेदवार बनाउने निर्णय गर्दै उनको नाम केन्द्रमा सिफारिस गरेको हो। क्षेत्रीय संयोजक सुदन केसीका अनुसार दाङ–२ पोखरेलको गृह निर्वाचन क्षेत्र भएकाले पार्टीले त्यहीँबाट पुनः चुनावी प्रतिस्पर्धामा उतार्ने तयारी गरेको छ।

स्मरणीय छ, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग झिनो मतान्तरले पराजित भएका थिए। उक्त निर्वाचनमा शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा पोखरेल २६ हजार ६ सय ८१ मतमा सीमित भएका थिए, जसले दाङ–२ लाई प्रतिस्पर्धात्मक र राजनीतिक रूपमा संवेदनशील क्षेत्रका रूपमा चिनाएको थियो।

प्रतिक्रिया