काठमाडौं आइपुगे शेरबहादुर देउवा

nepaltext

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उनी बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि लामो समयदेखि विदेशमा थिए। उनी श्रीमती आरजु राणा देउवासँगै उपचारका लागि कात्तिक १० गते राति सिंगापुर गएका थिए।

उपचारपछि देउवा थाइल्यान्ड हुँदै बिहीबार नेपाल फर्किएका हुन्।

देउवाको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

 

प्रतिक्रिया