माओवादी केन्द्रको आपत्ति : “उपसभामुख हटाउने प्रयास बदनियतपूर्ण”

nepaltext.com

नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास गरिरहेको भन्दै त्यसको विरोध गर्ने घोषणा गरेको छ।

मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनेदेखि गल्ती मात्र भएको आरोप लगाए। उनले आदिवासी जनजातिकी महिला तथा सामाजिक सेवामा सक्रिय व्यक्तिलाई हटाउने जमर्कोलाई “गलत” भन्दै त्यसको प्रतिवादमा उभिने चेतावनी दिए।

“सरकार बनेदेखि गल्तीबाहेक राम्रो काम भएको छैन। उपसभामुखलाई हटाउने आधार कपोकल्पीत मात्र हो,” प्रचण्डले भने।

प्रवक्ता अग्नि सापकोटाले बैठकले सरकार अधिनायकवादतर्फ उन्मुख भएको निष्कर्ष निकालेको बताए। उनले उपसभामुख हटाउने प्रयासमा बदनियत झल्किएको भन्दै अध्यक्ष प्रचण्डले सत्ता–र विपक्षी दलसँग छलफल गर्ने जानकारी दिए।

प्रतिक्रिया